पहाडी जिल्ला बैतडीमा पनि डेंगुका बिरामीहरु बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचारको लागि आउने बिरामीहरुमा जाँच गर्दा डेंगुका बिरामी देखिन थालेका छन् । केही दिनअघिसम्म जिल्लामा ६ जनामा मात्र देखिएको डेंगु दुई/तीन दिनमै बढेर अहिले जिल्लामा १३ जनामा देखिसकेको छ ।