कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखा परेको […]