संशोधित बजेट दुवै सदनबाट पारित, राष्ट्रपतिबाट प्रमाणीकरण हुनमात्र बाँकी

 वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो

सम्बन्धित सामग्री

आजै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छः अर्थमन्त्री शर्मा

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने बताएका छन्। संशोधित बजेट दुवै सदनबाट पारित भएको र राष्ट्रपतिबाट प्रमाणीकरण हुनसाथ कार्यान्वयनमा जाने उनले बताए। पुँजीगत खर्चलाई समयमा नै खर्च गर्नेगरि अगाडि बढिने उनको भनाइ थियो।

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन । गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्द

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन ।यस्तो बजेट होलिडेका का

‘लोकप्रियता’ केन्द्रित ‘वितरणमुखी’ संशोधित बजेट

प्रतिपक्षी दलको नाराबाजीका बीच सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत जेठ १५ गते ल्याएको बजेटलाई संशोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्मा पेस गरेको विधेयकमा सरकारले बजेटको आकार थोरै घटाएको छ । तर, चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम थप गरेको छ । पूर्व अर्थमन्त्री विष्णु […]

सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया

काठमाडौँ– नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनको भनाइ थियो । त्यस्तै एमाले […]

संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तै : सुरेन्द्र पाण्डे

२५ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए । ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा […]

पेलेरै १६ खर्बको संशोधित बजेट प्रस्तुत

काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको […]