हेलिकोप्टरमा दुई पाइलट राख्न वायुसेवा सञ्चालक संघले मानेन

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]

सम्बन्धित सामग्री

वायुसेवा सञ्चालक संघको स्पष्टीकरण

काठमाडौँ- वायुसेवा सञ्चालक संघ, नेपालले एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ । संघका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरू उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र […]

हेलिकप्टरमा दुई पाइलट राख्न सक्दैनौँ : वायुसेवा सञ्चालक संघ

काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सम्भव नरहेको प्रतिक्रिया दिएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने निर्णय गरेपछि संघले व्यावसायिक उडानमा उपयुक्त नहुने धारणा राखेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्ट

हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव : वायुसेवा सञ्चालक संघ

काठमाडाैँ- नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच […]

‘इनरूट’ मौसमको जानकारी दिने पूर्वाधार निर्माणमा जोड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार गरेका दुईओटा निर्णयप्रति एयरलाइन्स कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले चासो देखाएको छ । इनरूट (विमान उडानदेखि अवतरण गर्ने गन्तव्यसम्मको मार्ग)को मौसमबारे जानकारी गराउन पूर्वाधार विकासमा छिटो काम गर्न र एकल इन्जिनयुक्त हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णयमा पुनर्विचार गर्न संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । गत आइतवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भीरमा दुर्घटना भएपछि प्राधिकरणले मंगलवार नै मौसम सफा नहुँदासम्म उडान अनुमति नदिने निर्णय गरेको थियो । त्यसको अर्काे दिन बुधवार संघले प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणको निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । उक्त दुर्घटना प्रतिकूल मौसमका कारण भएको प्रारम्भिक आकलन प्राधिकरणले गरेको छ । पर्वतीय उडानलाई सुरक्षित र भरपर्दाे बनाउन प्राधिकरणले इनरूटको मौसममा सुधार नहुँदासम्म उडान गर्न नदिने निर्णय गरेको थियो । तर, संघले सम्बन्धित विमानस्थलहरूमा इनरूटको मौसमबारे जानकारी दिने पूर्वाधारको विकासमा जोड दिएको छ । मौसम छिटोछिटो परिवर्तन हुने हुँदा आवश्यक प्रविधिको विकास र पूर्वाधार निर्माणमा प्राधिकरणसँग  सहकार्य गर्न तयार रहेको संघले बताएको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा हिमाली भेगमा छिटोछिटो मौसम परिवर्तन हुँदा पूर्वानुमानभन्दा प्रतिकूल हुन सक्ने र हवाई दुर्घटनाको सम्भावना हुने उल्लेख छ । आन्तरिक उडान हुने सबै विमानस्थलमा इनरूटको मौसमसम्बन्धी विवरण उपलब्ध हुन सके उड्डयन सुरक्षा थप सुदृढ हुने पनि संघले बताएको छ । प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी सबै विमानस्थलमा इनरूटको मौसमबारे जानकारी दिने आवश्यक संयन्त्रको विकास यथाशक्य छिटो गराउनुपर्ने संघको भनाइ छ । जल तथा मौसम विज्ञान विभागबाट काठमाडौं तथा भैरहवामा आधा आधा घण्टामा मौसम सम्बन्धी जानकारी गराइन्छ । यस्तै अन्य आठओटा विमानस्थलमा भने एक/एक घण्टामा मौसमको जानकारी जारी गरिन्छ । अन्तरराष्ट्रिय उडानका लागि १८ हजार मिटरमाथिको मौसमी अवस्थाबारे जानकारी गराउने गरिएको छ । आन्तरिक उडानका लागि यो सुविधा हालसम्म नभएको संघले उल्लेख गरेको छ । यसैगरी प्राधिकरणले एकल इन्जिनयुक्त हेलिकोप्टरमा दुईजना पाइलट अनिर्वाय राख्न भनेको छ । यो निर्णयमा पुनर्विचार गर्न संघले प्राधिकरणलाई आग्रह गरेको छ । नेपालमा सञ्चालनमा रहेका एक इन्जिन हेलिकोप्टरहरू उत्पादक कम्पनी र सम्बन्धित देशको नियामक निकायबाट एकल चालक सञ्चालकका लागि स्वीकृतप्राप्त वायुयान रहेको भन्दै संघले उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो । सम्पूर्ण पूर्वाधार उपलब्ध नभई यस्ता निर्णयको कार्यान्वयनमा समस्या हुने संघले बताएको छ ।

प्राधिकरणको नीतिनियममै रहेर कोभिड उद्धार उडान : वायुसेवा सञ्चालक संघ

काठमाडौं (अस) । नेपाल वायुसेवा सञ्चालक संघ, नेपालले नेपालका हेलिकोप्टर कम्पनीहरूले कोभिड उद्धार उडानका नाममा बढी पैसा लिएको भन्ने सम्बन्धमा आफ्नो ध्यानाकर्षण बताएको छ । संघका सदस्य वायुसेवा सञ्चालक कम्पनीका पाइलट, इञ्जिनीयर लगायत कर्मचारी आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै संक्रमितको उद्धारमा खटिएको भन्दै संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको नीति नियममै रहेर उडान गरिरहेको उल्लेख गरेको छ । संघले ३ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको दरभाउ अनुसार एएस ३५० हेलिकोप्टरहरू प्रतिघण्टा १५ सय अमेरिकी डलर र रोबिन्सन्स हेलिकोप्टरहरू प्रतिघण्टा १ हजार अमेरिकी डलर शुल्क उडान गर्दै आएको जानकारी गराउँदै हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको बताएको छ । ‘कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा उडानमा खटिने पाइलट लगायत कर्मचारीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, थप बीमा, हेलिकोप्टरको सेनिटाइजेशन, कीटाणुशोधन लगायत गर्नुपर्ने र यसका लागि मेडिकल टोली प्रयोग गर्नैपर्ने हुँदा सामान्यभन्दा बढी उडान समय लाग्ने र कोभिड उद्धार उडान गर्दा प्रतिउडान थप १ लाख ५० हजारभन्दा खर्च आउने गर्छ,’ संघद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । वायुसेवा कम्पनीले प्राधिकरणको नियन्त्रण एवं निगरानी र संघको समेत निगरानीमा रहेर उडान गरिरहेको भन्दै संघले चर्को मूल्य नलिइएको दाबी गरेको छ । साथै सम्बन्धित उद्धार उडान कम्पनीमा सीधै सम्पर्क गरी सेवा लिन समेत संघले अनुरोध गरेको छ । यस्तै कहीँ कतै बढी रकम लिएको वा गलत गरेको लागेमा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा सम्पर्क गरी गुनासो एवं जानकारी गराइदिन आग्रह गरेको छ ।

https://www.onlinekhabar.com/2020/04/852541

२६ चैत, काठमाडौं । वायुसेवा सञ्चालक संघ (आयोन) ले लकडाउनको कारण देखाउँदै पाइलट र इन्जिनियरको तलबमा भारी कटौती गर्ने निर्णय लियो। अर्कोतर्फ उसले सरकारसँग पनि विभिन्न सहुलियतको माग गरेर दोहोरो फाइदा लिन खोजेको छ । आयोनको …