काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सम्भव नरहेको प्रतिक्रिया दिएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने निर्णय गरेपछि संघले व्यावसायिक उडानमा उपयुक्त नहुने धारणा राखेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्ट