नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ । सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेता गुरुङका अनुसार ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने भएको छ । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको