काठमाडौं, असार १९। प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । […]