शेयर अभौतिकीकरण गर्न सामलिङ्ग पावर कम्पनीको अनुरोध

मंसिर १३, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गरिसकेकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले सोमवार सूचना जारी गर्दै संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियमा यो अनुरोध गरेको हो । संस्थापकतर्फ र आयोजना प्रभावित स्थानियतर्फको स्वामित्वमा रहेको शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भैसकेको छ । सर्वसाधारणतर्फको शेयर कारोबार योग्य भएपनि संस्थापक तर्फ र आयोजना प्रभावित स्थानियतर्फको शेयर भने २०८१ साल कात्तिक १५ गतेदेखि मात्र कारोबार योग्य हुनेछ ।  धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्न अनुरोध गरेको हो ।  यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क राखी लकइन पिरियड सहितको डिआरएन मार्फत सहज तरिकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।  त्यस्तै आयोजना प्रभावित स्थानियले भने कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क राखी आफुलाई बाँडफाँट भएको शेयर कित्ताको जानकारी पश्चात सम्बन्धीत निक्षेप सदस्यकोमा लकइन पिरियड सहितको डिआरएन मार्फत शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको छ । कात्तिक १६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले मंसिर २४ गते धितोपत्र दोस्रो बजारमा ५० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीमा संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने सर्वसाधारणमा आयोजना प्रभावित स्थानियसहित २४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । संस्थापकतर्फ ३७ लाख ७० हजार कित्ता लगानी रहेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता र दोस्रो चरणमा सर्वसाधारणमा रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो ।  उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । 

सम्बन्धित सामग्री

सामलिङ्ग पावर कम्पनीले पुस २७ मा बोलायो साधारण सभा

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, चाुकपाट, ललितपुरमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफााट भएको छ। शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट भएको हो।

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ ।

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट मंगलबार

१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले ७ करोड ३० लाख […]

आउँदाे कात्तिक ४ देखि सामलिङ्ग पावर कम्पनीले आईपीओ बिक्री खुला गर्ने

काठमाण्डाै – सामलिङ्ग पावर कम्पनी लिमिटेडले आउँदाे कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति–कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो । निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६ लाख ७८ हजार ना...

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ बराबरको सात...

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासि...

सामलिङ्ग पावर कम्पनीले भदौ १८ गतेदेखि आईपीओ विक्री गर्ने

काठमाडौं, १७ भदौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि आईपीओ विक्रीमा ल्याउने भएको छ । सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएपनि कम्पनीले पहिलो चरणमा ५ करोड बराबरको ५ लाख कित्ता शेयर कम्पनीले आयोजना प्रभावित स्थानियका लागि शेयर जारी गर्न लागेको हो […]