काठमाण्डाै – सामलिङ्ग पावर कम्पनी लिमिटेडले आउँदाे कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति–कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो ।
निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६ लाख ७८ हजार ना...