सामलिङ्ग पावर कम्पनीले पुस २७ मा बोलायो साधारण सभा

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, चाुकपाट, ललितपुरमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

सामलिङ्ग पावरले चैत २१ गते बोलायो तेस्रो साधारण सभा

फागुन ३०, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा चैत २१ गते बोलाएको छ । कम्पनीको फागुन २९ गतेको सञ्चालक समितिको बैठकले कार्की ब्यङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।  सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र यसका लागि कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।  साथै, सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।  साधारण सभाप्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयर धनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।