माया खोला हाइड्रो पावर कम्पनीले उत्पादन गरेको १४.९ मेगावाट क्षमताको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । संखुवासभाको मादी र धर्मदेवी नगरपालिकाको सीमामा पर्ने उक्त खोलाबाट उत्पादित बिजुली कोशी करिडोर (इनरुवा–वसन्तपुर) प्रसारण लाइनसँग जोडिएको हो ।