काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो। आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले गठबन्धनबाट अलग भएको घोषणा गरेको हो। बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन्। ‘एमसीसी सम्झौताले देशको राष्ट्