इजरायल र प्यालेस्टाइनबीचको संघर्षका राष्ट्रिय र धार्मिक आयामका विषयमा विभिन्न विश्लेषण हामीले पढेका छौं । तर यो संघर्ष प्राकृतिक स्रोतमाथि कब्जा जमाउनका लागि इजरायलले गरेको प्रयास हो भन्ने कुरा तपाईंलाई कत्तिको थाहा छ ?
सन् २००० मा बेलायतको तेल कम्पनी बीजी ग्रूपले गाजाको समुद्री तहमुनि लगभग १.६ खर्ब क्युबिक फीट ग्यासको भण्डार फेला पारेको थियो ।
क्यालिफोर्निया विश्वविद्यालयको जर्नल अफ प्यालेस्टाइन स्टडीजमा अनाइस आन्त्रियास्यानले उल्लेख गरेअनुसार, मरिन १ मा रहेका ग्यासका भण्डारमा प्यालेस्टाइनले पहुँच नपाओस् भन्नका ला...