६८ मतले पछि परिन् रेनु दाहाल, १३७६५ मत गणना सकियो

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले  ४६८८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाएका छन् । यसैगरी उपमेयरमा काँग्रेसका  चित्रसेन अधिकारीले ५४८२ मत पाउँदा राप्रपाकी  हिमला गुरुङले ३७२५ मत पाएकी छन् । 

सम्बन्धित सामग्री

भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकामा हालसम्म ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार दाहालले १६ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेको छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६४७ मत ल्याएका छन् । त्यस्तै, […]

भरतपुर महानगर : रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा ८४८ मतले अघि

काठमाडौं, ४ जेठ । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् । अहिलेसम्म २३ हजार ६ सय ८५ मत गणना भएको छ । जसमा दाहालले ८ हजार ३ सय १६ मत प्राप्त गरेकी छिन् । उता, सुवेदीले […]

भरतपुर महानगरमा रेनु दाहाल २९ मतले अगाडि

चितवन । भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले सुवेदीसँग २९ मतको अग्रता बनाएकी छन् । १७ हजार २६६ मत गणना हुँदा सुवेदीले ५ हजार ६८९ मत पाएका छन् भने दाहालले ५ हजार ७१८ मत पाएकी छन् ।प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मत पाएका छन् भने राप्रपाकी

भरतपुरमा १५ हजार मत गन्दा रेनु १२ मतले अघि

भरतपुर – भरतपुर महानगरपालिकामा १५ हजार मत गणना हुँदा गठबन्धनकी प्रमुख पदकी आकांक्षी रेनु दाहाल १२ मतले अघि लागेकी छन्। अहिलेसम्म १५ हजार ३१ मत गणना हुँदा दाहालले ५ हजार ३९ मत पाएकी छन्। एमालेका विजय सुवेदीले ५ हजार २७ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३५५ ल्याएका छन्। उपप्रमुखमा कांग्रेसका […]

भरतपुर महानगरको मतगणना अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय पछि परे

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत […]

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

भरतपुरमा रेनु विजयसंग १४ मतले अगाडि

भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल अगाडि छिन्।...

१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।

भरतपुरमा १०१ मत गणना हुँदा दाहालको ३७, सुवेदीको ४१

भरतपुर महानगरपालिकाको सुरुवाती गणनामा नेकपा एमालेले अग्रता लिएको छ। १०१ मत गणना गर्दा एमालेका विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन्। गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल ३७ मत प्राप्त गरेकी छन्।...