अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पु¥याउन आवश्यक रहेको बताएका छन् । बिहीबार कर्णाली प्रदेशस्थित सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन आवश्यक रहेको बताउँदै सोही अनुसार क्षेत्र विस्तारमा लाग्न बीमा समितिलाई निर्देशन दिए । कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको भन्दै उनले बीमाको सेवा विस्तार गर्न आग्रह गरेका छन् । नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा