कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकास निर्माणमा ढिला सुस्तीबारे बुधबार पहिलो पटक कर्मचारीहरूसँग साक्षात्कार गरेका छन् । मुख्यमन्त्री भएको झण्डै एक महिनामा उनले कर्मचारीहरूसँग विकास निर्माणका काममा भएको समस्याका बारे जानकारी लिएका हुन् । मुख्यमन्त्री शाहीले १० वटै जिल्लामा रहेका पूर्वाधार विकास कार्यालय, पूर्वाधार विकास निर्देशनालय, सडक डिभिजन कार्यालय जुम्ला र रूकुम पश्चिम लगायतका कार्यालय प्रमुखहरुसँग छलफल गरेका हुन् । मुख्यमन्त्री शाहीले समस्याग्रस्त एवं रुग्ण आयोजनाहरूको बारेम