कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ  । मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए । यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।यस्तै यसअघि सञ्चालनमा आएका मुख्यमन्त्रीसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बैंक खाता छोरीको सुरक्षा जीवनभरको कार्यक्रमलाई पनि

सम्बन्धित सामग्री

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया थालियो

कर्णालीको एकमात्र प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ ।प्रदेश राजधानी वीरेन्द्रनगर ४ मा रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न लागेको हो । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि बजेटमा बिनियोजन गरेको छ । वीरेन्द्रनगर ४ कालागाउँमा रहेको प्रदेश अस्पताललाई […]

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाइने

कर्णाली प्रदेश अस्पताल सुर्खेत अब स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्ने तयारी थालिएको छ । अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न आईतबार अस्पतालले सरोकारवालाहरूसँग ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदामाथि छलफल सुरु गरेको हो ।

सुर्खेत प्रदेश अस्पताल: संकट कोरोनाको, तानातान राजनीतिको

सुर्खेत : देशभर कोरोना महामारी छ। नयाँ स्वरूप (भेरियन्ट) को कोरोना देखिएसँगै आम नागरिकमा संक्रमणको त्रास बढेको छ। उपलब्ध सुविधा, संक्रमणको दर र जनचेतनाको अवस्था हेर्ने हो भने कर्णाली प्रदेश संकटमा छ।कर्णाली प्रदेशमै सबैभन्दा ठूला र सम्पन्न दुई वटा मात्र अस्पताल छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेत। हालसम्म यी अस्पताल प्रदेश सरकारको मातहतमै छन्। प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश अस्पताल

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित

१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]

कर्णालीका हरेक जिल्लामा ५० देखि ५ सय आइसोलेसन बेड बनाइने

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच–पाँच सय शैय्याको आइसोलेसन बेड विस्तार गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरेको हो ।प्रदेशका सबै […]

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार, कुरुवाललाई भत्ता

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्नेछ।