रामेछाप प्रहरीले साउन २७ गते चोरी गर्दै हिँड्ने एउटा समूहलाई पक्राउ गर्यो । रामेछाप जिल्लामा पटक पटक चोरीका घटना भएपछि सक्रिय बनेको प्रहरीले ओखलढुङ्गाबाट १ किशोर र रामेछापबाट २ युवालाई पक्राउ गर्यो । साउन २२ गते रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरेको एक पसलमा भएको चोरीको घटनालाई अनुसन्धान गर्दै जाँदा प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको हो । उमाकुण्ड ७ बिमिरेमा टेकराज नेवारले सञ्चालन गरेको पसलमा २२ गते राती चोरी गरी उनीहरु लुकेर बसेका थिए । ओखलढुङ्गा प्रहरी समेतको सहयोगमा रामेछाप प्रहरी