हेटौंडा : बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्ने तयारी गरे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा अन्योल भएको छ।मन्त्रालयले चालू आवबाट नै प्रदेशका किसानको वर्गीकरण गरेर किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको थियो। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृति नदिँदा मन्त्रालयले किसान परिचयपत्र वितरण प्रक्रिया शुरु गर्न सकेको छैन।मन्त्रालयले चालू आवमा सबै प्रक्रिया पुर्याएर आगामी आवमा किसानलाई परिचयपत्र वितर