सरकारले नीति तथा कार्यक्रममार्फत नेपाली उत्पादन अभिवृद्धि अभियान चलाउने घोषणा गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले शरीरमा आफू एक धर्को नेपाली उत्पादन नलाउने तर नारा भने नेपाली उत्पादन अभिवृद्धि अभियान दशक चलाउने भन्दै कटाक्ष गरेका हुन् । उनले सत्ता गठबन्धका नेताको शीरदेखि पाउँसम्म एक धर्को नेपाली उत्पादन नभएको पनि दाबी गरे ।‘नेपाली पहिरन लगाउन तपाईहरुलाई लाज हुन्छ गठबन्धनका नेता ज्यूहरु, नेपाली पोशाक लगाउन तपाईहरुलाई सरम लाग्छ, लगाउनुहुन्न’ ओलीले भने, ‘तपाईको शरीरमा एक धर्को, एक छेस्को, तपाईको शीरदेखि पाउँसम्म कहीँकतै नेपाली उत्पादन छ ? नेपाली पोशाक छ कि, नेपाली उत्पादन छ कि ? अनि नारा ल्याउनुहुन्छ, नेपाली उत्पादन अभिवृद्धि अभियान चलाउने । अभियान कसले सञ्चालन गर्ने ?’उनले नेपाली पहिरन लगाउन र नेपाली उत्पादन प्रयोग गर्न आग्रह पनि गरे ।