काठमाडाैँ – नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले हिजाे ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेकाे छ। न्यूयोर्कमा भएकाे कार्यक्रममा गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागिता रहेकाे थियाे। एनआरएनए न्यूयोर्क च्याप्टरकातर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससंग […]