ललितपुर – नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभामा बोल्दै सांसद पाण्डेले सरकारी कार्यालयमा कर्मचारीले हप्ताको एक पटक नेपालमा उत्पादित पोसाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरूले अनिवार्यरूपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पु...