श्रद्धेय पाठक, विश्वविख्यात प्रेस निगरानी संस्था रिपोर्टर्स विदाउट बोडर्सले भर्खरै सकिएको २०२१ सालका लागि ‘दुष्प्रचारविरुद्ध खोप’को नारा अघि सारेको थियो । तर, उसको सन्दर्भ कोरोनाविरुद्धको भ्याक्सिन थिएन, पत्रकारिताले दुष्प्रचारविरुद्ध खोपको काम गर्नुपर्छ भन्ने थियो । आज, नेपाल समाचारपत्रको २७औं वार्षिकोत्सवका उपलक्ष्यमा दुष्प्रचारविरुद्धको खोप लगाउने कार्यमा हामी कहाँनिर उभियौं, त्यस सम्बन्धमा केही अनुरोध गर्न चाहन्छु । […]
काठमाडौं, साउन २३ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप आज नेपाल आई पुगेको हो । बाँकी […]
काठमाडौं। सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित बनेको देशको अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज नेपाल उद्योग परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै सरकारले कोरोना खोपसँगै राहत प्याकेजको व्यवस्था गर्ने बताएका हुन्। उनले भने, 'सरकारले सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गर्छ। यसका साथै, महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छ।'
काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल आउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले बिहान ९ बजेसम्म खोप काठमाडौं आइपुग्नेछ ।
काठमाडौं, असार २५ । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थियो । कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप […]
काठमाडौं। पेट्रोलियम पदार्थ चालकले कोभिडविरुद्धको खोप नपाएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएका छन्। आज नेपाल पेट्रोलियम चालक संघले आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएको हो।
कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढ
काठमाडौं, जेठ १८। चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए। सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताइएको छ। […]
२३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री …