महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं। सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित बनेको देशको अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज नेपाल उद्योग परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै सरकारले कोरोना खोपसँगै राहत प्याकेजको व्यवस्था गर्ने बताएका हुन्। उनले भने, 'सरकारले सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गर्छ। यसका साथै, महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छ।'

सम्बन्धित सामग्री

सरकारले कसैलाई भोकै राख्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले कसैलाई भोकै बस्न नदिने बताएका छन् । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्ने क्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।   शर्माले भने, ‘नरैनापुरको अवस्था देख्दा मलाई मर्महित बनाएको छ, तत्काल केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउन पहल गर्छु ।’स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकांश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्थ