महंगाे ब्याजदरले उद्याेग टिकाउन चुनाैती भएकाे छ: अध्यक्ष गोल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरूको पहुँच बिस्तार गरी तीनै तहका उद्योगहरूले […]

सम्बन्धित सामग्री

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुस्ः अध्यक्ष गोल्छा

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकोले अब निजी क्षेत्र र सरकार मिले ररोजगारी ...

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुस् : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकोले अब निजी क्षेत्र र सरकार मिले […]

अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा : अध्यक्ष गोल्छा

सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशको अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा पुगेको बताउनुभएको छ । कोरोना र त्यसपछि भएको रुस–युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा धक्का पुगेको अध्यक्ष गोल्छाले बताउनुभयो । कोरोना भन्दा पहिला सकारात्मक बिन्दुमा रहेको अर्थतन्त्र हाल नकारात्मक हुनु अहिलेको पुस्ताका लागि सबैभन्दा जटिल अवस्था हुन सक्ने बताउनुभयो […]

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएका छन् । बुधबार क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले प्रविधिसँग जोडिएको स्टार्टअप नीति आवश्यक रहेको  बताएका हुन् ।  ‘स्टार्टअप नीति आवश्यक छ । खास गरी प्रविधिसँग जोडिएको स्टार्टअप नीतिको कुरा गरिरहेको छु,’ उनले कार्यक्रममा भने, ‘यसका लागि हामीले सरकारसँग...

अर्थतन्त्र पुनरुत्थानमा परिचालित हुने समय आएको छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरुत्थानमा महासंघको सिंगो सञ्जाल परिचालित हुनुपर्ने बताएका छन् । महासंघले वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । कोभिडले थलिएको अर्थतन्त्रको पुनरूत्थान गर्न महासंघ अन्तर्गतका वस्तुगत संघका नवनिर्वाचित पदाधिकारी पनि सक्रिय हुनुपर्ने उनको भनाइ छ ।कार्यक्रममा नेपाल प्याकिङ बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि

खोक्रो राष्ट्रवादले एमसिसी रोक्नु हुँदैनः अध्यक्ष गोल्छा

अध्यक्ष गोल्छाले एमसिसी जस्तो ६ हजार करोडको आयोजना कुनै पनि हालतमा खेर जान दिन नहुने बताए। ‘यस्तो कार्यक्रम जुन हामीलाई चाहिएको छ,यो कुनै पनि हालतमा खेर जान दिनु हुँदैन। यो परियोजना राज्यको समृद्धिको लागि उपभोग गर्न सक्नुपर्छ।’ अध्यक्ष गोल्छाले हामी अति र...

विदेशी लगानीकर्तालाई पर्याप्त अवसर : अध्यक्ष गोल्छा

असार २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीवार संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन् ।  अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।  अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गर्दै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।  हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करीब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गतवर्ष फ्रान्ससँगको व्यापार घाटा करीब साढे ८ अर्ब रुपैयाँ छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो ।  मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै  भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुझाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।

नेपालमा लगानीको पर्याप्त अवसर : अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा पर्याप्त लगानीको अवसर रहेको बताएका छन्। नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकमा बोल्दै उलने नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले पूर्वाधार, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन र कृषि प्रशोधनमा विदेशी लगानीको सम्भावना रहेकाले फ्रान्सेली लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्ने बताए।

पहिला प्रोजेक्ट, अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्नसके त्यो बढी फलदायी हुने बताएका छन् ।तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । “अब हामीले रेडिमेड प्रोजेक्टसहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले […]

समृद्धिका लागि स्थिरता आवश्यक : अध्यक्ष गोल्छा

पर्वत-नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।पर्वत उद्योग बाणिज्य संघको २८औं साधारणसभा तथा १७ औं अधिवेशनको बुधबार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए । मुलुकमा आर्थिक विकासका थुप्रै सूचकहरुको सम्भावना रहेपनि लगानीको अभाव […]