समृद्धिका लागि स्थिरता आवश्यक : अध्यक्ष गोल्छा

पर्वत-नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।पर्वत उद्योग बाणिज्य संघको २८औं साधारणसभा तथा १७ औं अधिवेशनको बुधबार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए । मुलुकमा आर्थिक विकासका थुप्रै सूचकहरुको सम्भावना रहेपनि लगानीको अभाव […]

सम्बन्धित सामग्री

महंगाे ब्याजदरले उद्याेग टिकाउन चुनाैती भएकाे छ: अध्यक्ष गोल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरूको पहुँच बिस्तार गरी तीनै तहका उद्योगहरूले […]

महँगो ब्याजले उद्यम टिकाउनै चुनौती छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका

बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक […]

बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छ : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित

भाेट दिनु हाम्राे नैतिक र कानुनी जिम्मेवारी हाे: अध्यक्ष गोल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे। देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरूलाई जिताउन आवश्यक रहेको उनकाे भनाइ छ। अध्यक्ष […]

समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउन आवश्यक : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ । उहाँले आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रहगर्नुभयो । उहाँले देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरुलाई जिताउन […]

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएका छन् । बुधबार क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले प्रविधिसँग जोडिएको स्टार्टअप नीति आवश्यक रहेको  बताएका हुन् ।  ‘स्टार्टअप नीति आवश्यक छ । खास गरी प्रविधिसँग जोडिएको स्टार्टअप नीतिको कुरा गरिरहेको छु,’ उनले कार्यक्रममा भने, ‘यसका लागि हामीले सरकारसँग...

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

पुस १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् ।  तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।  भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।  निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको बताए ।  अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन : कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।  यतिवेला अन्तरराष्ट्रिय उडानहरु बन्द भएको, देशहरु पुन : लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ भन्दै अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटब्याक हुने खतरामा छ ।’ अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता,सहकार्य, अपनत्व आवश्यक रहेको उनले बताए ।   अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।  महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए ।  महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो ररिरहने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो नेतृत्वको भावी योजना सुनाउँदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए । स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्बर कानून ल्याउनुु पर्नेमा जोड दिंदै उनले त्यसमा सहयोग गर्न आग्रह गरे ।