भारतको राष्ट्रपति निर्वाचनमा लोकतान्त्रिक गठबन्धन एनडीएकी उम्मेदवार द्रौपदी मुर्मूले आज उम्मेदवारी दर्ता गर्नेछिन् । भारतको १५ औं राष्ट्रपतिका लागि भाजपाले मुर्मूलाई अघि सारेको छ । सांसद भवनमा हुने उम्मेदवारी दर्ताका लागि पार्टीले आफ्ना सबै राज्यका मुख्यमन्त्री र मन्त्रीहरूलाई दिल्ली बोलाएको छ।