काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिकरूपमा असफल भएको भन्दै आफूहरूकाे आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् ।शुक्रवार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लवबाहेकका १० क्लबले पत्रकार सम्मेलन गरी एन्फाले लिगको २१ खेल सकिँदासमेत क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए ।पत्रकार सम्मेलनमा उपस्थित भएका क्लबमध्ये हिमालयन शेर्पाका अध्यक्ष तथा पूर्व एन्फा अध्यक्ष कर्माछिर...