एन्फा प्रवक्ता शाहले जिम्मेवारी सम्हाले

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नव नियुक्त प्रवक्ता सुरेश शाहले आइतबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए । एन्फाका पूर्व मानार्थ केन्द्रिय सदस्य समेत रहेका शाहलाई साउन १६ गतेको एन्फा कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो […]