गणेशमान सिंह राष्ट्रिय बक्सिङ : मिनु क्वार्टरफाइनलमा (तस्बिरहरू)

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक जित्न सफल मिनु गुरुङले शनिबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएकी छन् ।  वसन्तपुर डबलीमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी मिुनले महिला ५१ किलो तौलसमूहमा मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ)की...

सम्बन्धित सामग्री

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ देखि हुने भएको छ ।

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

२५ चैत, काठमाडौं । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ […]

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण

गणेशमान सिंह स्मृति बक्सिङमा आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिन ८ स्वर्ण र ४ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत […]

गणेशमान सिंह स्मृति बक्सिङः सौगात र पुरन सेमिफाइनलमा

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई उछिन्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा कुमालले मधेश प्रदेशका अमन अली तथा राईले लुम्बिनी […]

राष्ट्रिय बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वार्टरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे । पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण […]

राष्ट्रिय बक्सिङ प्रतियोगिताः मिनु र सन्जुमाया क्वाटरफाइनलमा

काठमाडौं, ७ वैशाख । नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतासमेत हुन् । […]

गणेशमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौँ – प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा मंगलबारदेखि ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्। वसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा […]