हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरूको साइडलाइन वार्ता यस वर्ष नहुने भएको छ । अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य राष्ट्रहरूबीच कुरा नमिल्दा बैठक रद्द भएको बताइएको छ ।