जनकपुरधाम : विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधाम सहित पूरै मिथिलाञ्चलमा छ। जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ। विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न