श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह