जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। शनिबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाह पञ्चमी कार्यक्रमअन्तर्गत […]