आज मंगलबार नेत्रविक्रम चन्द (विप्लव) माओवादीले नेपाल बन्दको आह्वान गरेको मौकामा दाङमा चालक आफैँले आफूले चलाउने टिपरमा आगजनी गरेका छन् । मंगलबार बिहान बन्दकर्ताले रोकिराखेको टिपरमा आगजनी गरेको भनिएपनि अनुसन्धानका क्रममा टिपरमा चालक र सहचालक आफैँले आगो लगाएको खुलेको हो ।बीमा वापतको रकम हत्याउने लोभमा बन्दको मौका छोपेर चालक र सहचालकले घोराहीस्थित बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान आफैँले आगो लगाएको खुलेको हो । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुुसार टिपर धनीकै सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको खुलेको हो । चालक र सहचालकले यो कुरा स्वीकार पनि गरेका छन् । मंगलबार बिहान ४ बजेको समयमा आगजनी भएको खबर पाउनासाथ प्रहरीको छोली घटनास्थलमा पुगेको थियो । चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएको थियो । सुरुमा उनीहरुले केही बन्दकर्ताको समूह आएर टिपरमा आगो लगाएको दाबी गरेका थिए । तर, उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साहुकै सहमतीमा बिग्रेको उक्त टिपर जलाएर बीमा वापतको रकम दाबी गरेर हत्याउने योजना रहेको खुलेको हो । टिपरको अगाडिको भाग जलेको छ । उक्त गाडीको धनी घोराही–१८ का ४३ वर्षीय धनेश्वर भण्डारी रहेका छन् । उक्त टिपरको बीमा कुन बीमा कम्पनीमा थियो भन्ने खुलिसकेको छैन ।
बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को प
७ भदौ, दाङ । बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । प्रहरी […]
दाङ - दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।
आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियाे । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी ग...
बुटवल : दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ।
बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी…
दाङ : नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहच