बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी

दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को प

सम्बन्धित सामग्री

दाङमा आफ्नै टिपरमा आगजनी गर्ने तीन जना पक्राउ

बीमा रकम दाबीका लागि आफ्नै टिपरमा आगजनी गरेको अभियोगमा प्रहरीले घोराहीमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ बबई खोला पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान आगजनी भएको थियो ।

बीमा रकम दाबी गर्न टिपर धनीकै आग्रहमा आगजनी

बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

नेपाल बन्दकाे माैकामा बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी

बीमा रकम असुल्ने लोभमा दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् ।