टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ :  नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।  मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहच

सम्बन्धित सामग्री

बीमा रकमको लोभमा जब ड्राइभरले आफैँले चलाउने टिपरमा आगो लगाए...

आज मंगलबार नेत्रविक्रम चन्द (विप्लव) माओवादीले नेपाल बन्दको आह्वान गरेको मौकामा दाङमा चालक आफैँले आफूले चलाउने टिपरमा आगजनी गरेका छन् । मंगलबार बिहान बन्दकर्ताले रोकिराखेको टिपरमा आगजनी गरेको भनिएपनि अनुसन्धानका क्रममा टिपरमा चालक र सहचालक आफैँले आगो लगाएको खुलेको हो ।बीमा वापतको रकम हत्याउने लोभमा बन्दको मौका छोपेर चालक र सहचालकले घोराहीस्थित बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान आफैँले आगो लगाएको खुलेको हो । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुुसार टिपर धनीकै सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको खुलेको हो । चालक र सहचालकले यो कुरा स्वीकार पनि गरेका छन् । मंगलबार बिहान ४ बजेको समयमा आगजनी भएको खबर पाउनासाथ प्रहरीको छोली घटनास्थलमा पुगेको थियो । चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएको थियो । सुरुमा उनीहरुले केही बन्दकर्ताको समूह आएर टिपरमा आगो लगाएको दाबी गरेका थिए । तर, उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साहुकै सहमतीमा बिग्रेको उक्त टिपर जलाएर बीमा वापतको रकम दाबी गरेर हत्याउने योजना रहेको खुलेको हो । टिपरको अगाडिको भाग जलेको छ । उक्त गाडीको धनी घोराही–१८ का ४३ वर्षीय धनेश्वर भण्डारी रहेका छन् । उक्त टिपरको बीमा कुन बीमा कम्पनीमा थियो भन्ने खुलिसकेको छैन ।

बीमा रकम दाबी गर्न टिपर धनीकै आग्रहमा आगजनी

बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी

दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को प

बन्दको मौका छोपेर बीमा रकमको लोभमा बिग्रेको टिपरमा आगजनी, चालक र सहचालक पक्राउ

बुटवल। दाङमा मंगलबार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैंले आगो लगाएको खुलेको छ। बन्दको मौका

बीमाको लोभमा जब चालकले आफ्नै टिपर जलाए…

७ भदौ, दाङ । बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । प्रहरी […]

दाङमा बीमाकाे लाेभले टिपरमा आगजनी गरेकाे आशङ्कामा चालक र सह-चालक पक्राउ

दाङ  - दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियाे । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी ग...

बन्दको मौका छोपेर बीमा रकमको लोभमा बिग्रेको टिपरमा आगजनी, चालक र सहचालक पक्राउ

बुटवल : दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ। बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी…