पहेँलो कछुवाको ‘रोमान्स’

झापाको सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा वैशाखको पहिलो सातासँगै पहेँलो कछुवा वरिपरिका पोखरी नजिक देखा पर्छन् । कुनै स्थानमा कछुवाले कछुवालाई पछ्यारहेको देखिन्छ । विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका 'पहेँलो कछुवा' यहाँ आधा दर्जनजति छन् ।