बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो ।हालसम्म जिल्लाका नौ स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षणकार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्करबहादुर बोहोराले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी न