आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ । निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितिका विषयमा जानकारी लिनका लागि अनुगमन सुरु गरिएको हो । डिलाशैनीको वडा नं २ र ३, दोगडाकेदारका वडा नं ४, ५, ७ र दशरथचन्दका ४ र ६