पाल्पा – पाल्पामा देउसीभैलोबाट उठेको रमकले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइएको छ ।
विशाल बजार तानसेन पाल्पाको देउसीभैलो समूहले दमकडा नमुना विद्यालयका आँखा नदेख्ने २४ जना विद्यार्थीलाई एक छाक खाना खुवाएको समूहका संयोजक बृहस्पति राना मगरले जानकारी दिनुभयो ।
देउसीभैलोबाट उठेको एक लाख बढी रकमबाट छुट्याएको १६ हजार रुपैयाँ दृष्टिविहीन विद्यार्थीलाई खाना खुवाउँदा खर्च भएको जानकारी दिँदै संयोजक रानाले अन्य पैसासमेत यस्तै सामाजिक हितमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागी विशाल बज...