तम्घास, २ पुसः गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ । सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो । […]