प्रकाण्डले भेटे गृहमन्त्री, जेलमा रहेका नेकपाका नेता–कार्यकर्ता रिहा गर्न माग

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ। मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जेलमा रहेका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश […]

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपाका दुई नेता रिहा

नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।  उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी

नेकपाका नेता चन्द्रविक्रम चन्दको निधन

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द ‘वीरजंग’को निधन भएको छ। उनको ६१ वर्षको उमेरमा भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले जनाएको छ।वीरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का सहोदर जेठा दाजु हुन्। उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए।उनी अदालतको आदेशमा चितवन कारागारबाट केही महिनाअघि रिहा भएका थिए। कारागारमा रहँदा पटक–पटक अस्वस्थ भएर अस्पतालमा

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।...

‘विप्लव’ नेकपाका नेता भरत बम रिहा

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् । रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । […]

रिहा भए विप्वल नेतृत्वका नेकपाका माइला लामा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका उनी बिहीबार रिहा भएका हुन् । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले  लामो समयको हिरासत र जेल जीवनवाट लामा रिहा भएकोमा खुसी व्यक्त गर्दै उनलाई बधाई दिएका छन् । ‘ राजनीतिक आस्थाको आधारमा लामो समयको हिरासत र जेल जीवनबाट रिहाइ हुनुभएका नेकपाका नेता माइला लामालाई हार्दिक स्वागत तथा बधाई’, विश्वकर्माले भनेका छन् । लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको बताइएको छ । सरकार र विप्लव समूहबीच फागुन...

विप्लव नेतृत्वको नेकपाका नेता पुन  र कुमाल रिहा

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन् । सो पार्टीको पूर्व सेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए ।  कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूची परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच सहमति भएपछि आगजनीलगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता शुक्रबार बास्तोला रिहा भएका हुन्।...

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँ...

विप्लव समूहका नेता अनिल विरही रिहा

११ माघ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । […]

नेकपाका नेता ६५ हजार धरौटीमा रिहा

धनुषा – मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाबाटै पक्राउ परेका नेकपाका नेता श्याम यादव ६५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । हातहतियार तथा खरखाना अन्तर्गतको मुद्दामा पक्राउ परेका नेता यादवलाई जिल्ला प्रशासन कार्यालय धनुषाले ६५ हजार धरौटीमा रहा गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकार...