विप्लव समूहका नेता अनिल विरही रिहा

११ माघ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । […]

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपाका दुई नेता रिहा

नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।  उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी

‘विप्लव’ नेकपाका नेता भरत बम रिहा

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् । रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । […]

विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्ने आदेश

विप्लव समूहका केन्द्रीय नेता माइला लामा रिहा

सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत

विप्लव समूहका नेता माइला लामा रिहा

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला  लामा जेलबाट रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् । भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए । सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता

विप्लव नेतृत्वको नेकपाका नेता पुन  र कुमाल रिहा

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन् । सो पार्टीको पूर्व सेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए ।  कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूची परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच सहमति भएपछि आगजनीलगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता शुक्रबार बास्तोला रिहा भएका हुन्।...

विप्लव समूहका नेता–कार्यकर्तालाई छाड्न गृहमन्त्रालयले गर्‍यो सर्कुलर

प्रतिबन्धका क्रममा पक्राउ परेका नेकपा विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएअनुसार मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको हो । वार्तामा भएको सहमतिअनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विप्लव समूहलाई लगाइँदै आएको प्रतिबन्ध खटाइएको छ । यससँगै विगत दुई वर्षयता भूमिगत अवस्थामा रहेको विप्लव समूहले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न पाउने भएको छ । गृहले  प्रहरी प्रधान कार्यालयलाई बिहीबार एक पत्र ...

विप्लव नेता बास्तोला रिहा भए लगतै पक्राउ, काभ्रेमा मुद्दा भएको भन्दै समातियो

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव समुहका नेत धर्मेन्द्र बास्तोला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगतै नेता वास्तोलालाई पक्राउ गरिएको हो। न्यायाधीश मिरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएका थिए। सरकारले प्रतिवन्ध लगाएको विप्लव समुहसँग सरकारले वार्ताको तयारी गरिरहेको छ। विप्लव समुह पनि वार्ताको…