उपत्यकामा सार्वजनिक सवारी साधनमा सवार व्यक्तिले मास्क नलगाए पाँच रुपियाँ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्ने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा गरिएको व्यवस्था अनुसार सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको भए चालक वा सहचालकले बढीमा पाँच रुपियाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने आदेशमा उल्लेख छ ।