काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै धेरैजसो अस्पतालमा भर्ना भएका कतिपय बिरामीमा कोरोना देखिएपछि थप सतर्क हुन अधिकारीले आग्रह गरेका छन् । कतिपय बिरामी सम्बद्ध अस्पतालमै उपचाररत छन् कतिपयलाई अन्यत्र सिफारिस गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे अस्पतालमा अरू नै रोगले भर्ना भएका बिरामीमा पनि कोरोना देखिन थालेको छ । कोरोना समुदायस्तरमा नफैलिए पनि उच्च सतर्कता जरुरी छ, डा. पाण्डेले भन्नुुभयो ।