बर्डफ्लूप्रति उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू रोगप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेष गरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सात वटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । “नेपालमा भारतको हिमाचल प्रदेशबाट बर्डफ्लू भित्रिने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाचलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो” उनले भने । उनका अनुसार सीमानाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो” उनले भने । मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोतसाधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठुलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्यप्रदेश, केरला, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।

सम्बन्धित सामग्री

कोशी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुनः आग्रह गरेको छ। बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। बुधबार कोशीमा पश्चिमतर्फ कटान हुँदा […]

नारायणी नदीको जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । चितवनको नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दमशलव ३ मिटर नजिक पुगेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । आइतबार रातिदेखि निरन्तररूपमा […]

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ,१७ साउन । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै […]

नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।  नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी […]

नारायणीमा पानीको सतह बढ्दै: उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।...

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका […]

नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ”, उनले भने, “नारायणी नदी बढेर जुन

काठमाडौंमा बिहानैदेखि वर्षा,तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाकाले गोदावरी खोला, हुनुमन्ते लगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

नारायणीमा पानीको बहाव बढ्यो : उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,”

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भ