नेकपा एमालेले केन्द्रीय कमिटीका २६० जना सदस्यको नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएपछि माधव नेपाल पक्ष छलफलमा जुटेको छ ।
सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।
अर्याल होटल नयाँ बानेश्वरमा मंगलवार दिउँसो माधव नेपालले आफूपक्षीय सांसदहरूसँग परामर्श गरेका हुन् । छलफलमा सहभागी सांसद विरोध खतिवडाले आफूहरूसँग ३० देखि ४० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गरे ।
‘केपी ओ...