एमाले केन्द्रीय समिति बैठक आज, माधव नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। यो बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ। अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय समितिलाई दशौं महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ । केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...

एमाले केन्द्रीय समिति बैठक स्थगित, भाेलि पुन: बस्ने

नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्र...

एमाले केन्द्रीय समिति बैठक सुरु, वामदेव पनि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् । संसदीय दलको बैठकपछि गौतम आफू उपचारका...