अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गर्नुभएको छ ।
एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गर्नुभएको हो ।
यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ ।
बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित नहुने समेत बताउनुभएको छ ।
बाइडेनले गाँजाको अवैध खरिद–बिक्री, व्यापार र कम उमेरमा हुने बिक्रीमा आवश्यक प्रत...